info@elocalnepalkhabar.com

कलैयामा ७७ बालबालिकालाई शैक्षिक सामग्री वितरण, शिक्षामा नयाँ आशा

चैत्र ३, वीरगंज आकाश कुमार पटेल । शहरी गरिबी निवारण मंचको आयोजनामा तथा कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया–१ र कट्टि क्षेत्रमा सञ्चालन भइरहेका बाल शिक्षण केन्द्रका ७७ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।


कार्यक्रम मंचका अध्यक्ष सुधाकर यादवको अध्यक्षतामा तथा वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, सामाजिक अगुवा तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।


वक्ताहरूले यस्तो कार्यक्रमले बालबालिकाको शिक्षामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

📢 शिक्षामा लगानी, भविष्यको उज्यालो आधार!

प्रतिक्रिया