info@elocalnepalkhabar.com

वीरगञ्जमा बस चेकिङमै ठूलो खुलासा: ६ लाखभन्दा बढीका बिलबिना यौनवर्धक र गर्भनिरोधक औषधि बरामद!

वीरगञ्जमा सुरक्षाकर्मीले नियमित बस जाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध औषधि फेला पारेका छन्। जाँचका क्रममा करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका बिलबिजकबिनाका यौनवर्धक तथा गर्भनिरोधक औषधिहरू बरामद गरिएको हो।

बरामद गरिएका औषधिहरू बसमार्फत ओसारपसार भइरहेको अवस्थामा फेला परेको बताइएको छ। आवश्यक कागजात नदेखिएपछि सबै सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ।

यस घटनाले अवैध औषधि कारोबार अझै सक्रिय रहेको संकेत दिएको भन्दै सम्बन्धित निकायले निगरानी थप कडा बनाउने जनाएको छ।

प्रतिक्रिया