info@elocalnepalkhabar.com

सरकारी सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा बिरगंजमा धर्ना ।

लालबाबु सिंह २९ जेष्ठ बिरगंज । सरकारी सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ द्वारा देशको ७७ जिल्ला भरी नै शुकबार बिहान ११ बजे देखि १२ बजे १ घण्टासम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम अन्तर्गत पर्सा जिल्ला प्रशासन कार्यालय प्राङ्गणमा धर्ना कार्यक्रम सम्पन्न भएको छ।

 नेपाल पत्रकार महासंघ पर्साका सभापती खनाल लगायत सो कार्यक्रममा पर्सा जिल्लाका सञ्चारकर्मिहरु तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूको बाक्लो सहभागिता रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारमाध्यमको संवैधानिक अधिकारको संरक्षणका लागि सरकारको विभेदकारी नीति तत्काल फिर्ता लिनुपर्ने माग गर्दै नभए थप कडा आन्दोलनको कार्यक्रमहरु ल्याउने चेतावनी दिएका थिए।

 नेपाल पत्रकार महासंघ पर्साले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणका लागि आफ्नो आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै सरकारलाई प्रेस स्वतन्त्रता एवं संविधान प्रती सम्मान प्रकट गर्न बेलैमा चेतन चेतायेको थियो ।

प्रतिक्रिया