काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै नेपाल आयल निगम ले पेट्रोल, डिजेल तथा एलपी ग्यासको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेलमा २५ रुपैयाँसम्म वृद्धि गर्दै उपभोक्तामाथि थप आर्थिक भार थोपरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब प्रतिलिटर २१६।५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल २०४।५० देखि २०७ रुपैयाँसम्म निर्धारण गरिएको छ। त्यसैगरी १४।२ केजीको एलपी ग्यास सिलिन्डरको मूल्य २०१० रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढ्दै गएपछि घाटा कम गर्न बाध्य भएर मूल्य समायोजन गरिएको हो। तर मूल्य वृद्धि गरेपछि पनि पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
निगमले अवस्था सुधार नभए आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने चेतावनी दिएको छ। बढ्दो मूल्यले यातायात, उद्योग तथा दैनिक उपभोग्य वस्तुमा थप महँगी बढ्ने संकेत देखिएको छ, जसले सर्वसाधारणको जीवनयापन अझ कष्टकर बनाउने निश्चित देखिन्छ।
नयाँ मूल्यसूची (NOC अनुसार):
▪️ पेट्रोल: रु. २१६.५० / २१८ / २१९ प्रति लिटर
▪️ डिजेल: रु. २०४.५० / २०६ / २०७ प्रति लिटर
▪️ एलपी ग्यास: रु. २०१० (१४.२ केजी)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com