info@elocalnepalkhabar.com

नेपाल लायन्सको ५५ औं वार्षिकोत्सब को उपलक्ष्यमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा बीरगंज को विभिन्न स्थानमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रम सञ्चाल गरिने ।

लालबाबु सिंह १ भाद्र बिरगंज ।

लायन्स क्लब अफ बीरगंज गेटवे का अध्यक्ष प्रकाश कुमार उपाध्याय को अध्यक्षमा बसेको बैठकको निर्णय अनुसार पशुपतिनाथ मन्दिर मा भाद्र १ गते सोमबार, घडिअर्वा पोखरी परिसरमा भाद्र ३ गते बुधबार, छपकैया ईदगाहा चौकमा भाद्र ५ गते शुक्रबार, शंखधर शाख्वा ( चिल्ड्रेन पार्क) पार्कमा भाद्र ७ गते आईतबार र  नगवा पोखरी परिसरमा भाद्र ९ गते मंगलबार कार्यक्रम गरिने भएको छ। 


निर्धारित स्थानमा सुव्यवस्थित कार्यक्रम संचालनका लागि  पशुपतिनाथ मन्दिर मा लायन्स वकिल प्रसाद रौनियार, घडिअर्वा पोखरीको लागि लायन्स बिरेन्द्र कुमार आर्य, ईदगाहा चौकका लागि लायन्स  फैयाज आलम, चिल्ड्रेन पार्क का लागि लायन्स श्याम बाबु प्रसाद र नगवा पोखरी परिसर का लागि लायन्स विकास जैसवाल लाई संयोजक तोकिएको छ । उक्त कार्यक्रम मा आवश्यक प्राविधिक सहयोग लायन्स डा. महेश्वर प्रसाद कुर्मी द्वारा संचालित स्पर्श अस्पताल बाट प्राप्त भएको बीरगंज गेटवे का सचिव कपिलदेव तिवारी ले बताउनु भएको छ।

उपरोक्त निर्धारित कार्यक्रम बमोजिम आज पहिलो दिन को कार्यक्रम पशुपतिनाथ मन्दिर मा डिस्ट्रिक गभर्नर लायन्स राम बिहारी पाण्डे को विषेश उपस्थिति मा स्वास्थ्य कर्मीहरू लाई मेडिकल सामाग्री हस्तान्तरण गरेर अध्यक्ष प्रकाश कुमार उपाध्याय ले शुभारम्भ गर्नुभएको छ।

प्रतिक्रिया