काठमाडौं ।
राजनीतिक वृत्तमा एकाएक तरंग ल्याउने निर्णय गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई नियुक्तिको १३ दिनमै पदमुक्त गरेका छन्।
छोटो समयमै गरिएको यो निर्णयले सरकारभित्रको आन्तरिक समीकरण र निर्णय प्रक्रियामाथि नयाँ बहस सुरु भएको छ। मन्त्रीबाट हटाइएका साहले भने आफूले क्षमता र क्यापेबिलिटीकै आधारमा जिम्मेवारी पाएको दाबी गर्दै हटाउने अधिकार प्रधानमन्त्री र पार्टी दुवैसँग रहेको स्पष्ट पारे।
उनले १३ दिनको अवधिमा १५–१६ वटा काम अघि बढाएको उल्लेख गर्दै ती योजनाहरू अब नयाँ मन्त्रीले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। विवादमा परेको स्वीकार गर्दै उनले मिडियाले विषयलाई अपेक्षाभन्दा बढी उचालेको टिप्पणी समेत गरे।
यस घटनाले सरकारभित्रको शक्ति सन्तुलन, निर्णयको पारदर्शिता र राजनीतिक दबाबबारे अनेक अड्कलबाजी सुरु भएको छ। छोटो समयमै मन्त्री परिवर्तन हुनु असामान्य मानिएको छ, जसले आगामी दिनमा थप राजनीतिक हलचल निम्त्याउने संकेत देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com