काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई छनोट गर्ने प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढाउने भएको छ।
रास्वपाले आज बेलुकी साढे पाँच बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा ‘क्यान्डिडेट क्लब’ घोषणा गर्ने तयारी गरेको छ। पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा हुने कार्यक्रममा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहने व्यक्तिहरूका लागि आवेदन प्रक्रिया पनि खुला गरिने बताइएको छ।
पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक आवेदकले लिडरसिप एकेडेमीका कक्षा पूरा गर्नुपर्नेछ। साथै, आवेदकले आफ्नो शैक्षिक योग्यता, कानुनी अवस्था, आर्थिक पारदर्शिता तथा अन्य आवश्यक व्यक्तिगत विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले यस प्रक्रियामार्फत स्थानीय तहमा सक्षम, योग्य र पारदर्शी नेतृत्व चयन गर्ने उद्देश्य राखेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com