वीरगञ्ज जेसीजको साप्ताहिक उत्सव “जेसीज सप्ताह २०२६” अन्तर्गतको समापन समारोह तथा “जेसीज साँझ” आज भव्य रूपमा सम्पन्न भएको छ। वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्व तथा हेटौंडा लेडी जेसीजकी पूर्व अध्यक्ष एवं नेपाल जेसीजकी पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त विशेष समारोहमा वीरगञ्ज जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर पशुपति विक्रम शाह, पूर्व अध्यक्षहरू जेसी मधु राणा, जेसी उषा शाह, जेसी जितेन्द्र पुरुष ढकाल, जेसी अमर बहादुर गौतम, जेसीआई सिनेटर गणेशमान श्रेष्ठको ओझिलो उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसीआई सिनेटर सन्तोष पराजुली, हेटौंडा लेडी जेसीजकी अध्यक्ष जेसी नम्रता श्रेष्ठ तथा सिमरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुमित अधिकारी लगायतका अतिथिहरूले सप्ताहव्यापी कार्यक्रमको सफलताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।


सप्ताहको प्रारम्भमा वैशाख १ गते नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै विश्व शान्ति र भाइचाराको कामना गरिएको थियो भने वैशाख २ गते ब्राइट ं२ क्याम्पसमा युवाहरूका लागि प्रभावकारी सार्वजनिक बोलाइ तालिम सञ्चालन गरियो। वैशाख ३ गते बाल सुधार गृहका बालबालिकाहरूका लागि निःशुल्क दन्त परीक्षण, वैशाख ४ गते मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, वैशाख ५ गते पूर्व अध्यक्षहरू र वर्तमान कार्यसमिति बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता र वैशाख ६ गते नारायणी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्दै मानवीय सेवाका कार्यहरू सम्पन्न गरिएका थिए। स्थानीय असहज परिस्थितिका कारण केही दिन स्थगित भई आज पुनः व्यवस्थित रूपमा सम्पन्न भएको यस समारोहमा वीरगञ्जको वर्तमान भौतिक क्षति र बेरोजगारीको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस चुनौतीपूर्ण अवस्थालाई छिट्टै चिरेर वीरगञ्ज नयाँ स्वरूपमा उभिने विश्वास व्यक्त गरियो। सप्ताहभरका कार्यक्रम संयोजकहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको यस भव्य समारोहको संयोजन जेसी रन्धिर बर्नवालले गर्नुभएको थियो भने सञ्चालन सह–महासचिव जेसी अंकिता कुशवाहाले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा हर्षोल्लासका साथ रात्रीभोजको समेत आयोजना गरिएको थियो।


पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com