काठमाडौं, २४ चैत — इन्धनको मूल्यलाई लिएर बढ्दो दबाबबीच सरकारले महत्वपूर्ण आर्थिक चाल चालेको छ। अब पेट्रोल, डिजेल र मट्टितेल आयात गर्दा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेको यो निर्णय केवल ‘राहत’ मात्र नभई मूल्य समायोजनको संकेतका रूपमा पनि हेरिएको छ। सरकार स्रोतका अनुसार, अन्तर्राष्ट्रिय बजारमा मूल्य उतार–चढाव बढ्दै जाँदा उपभोक्तामा पर्ने प्रभाव कम गर्न यस्तो कदम चालिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, निर्णयलाई औपचारिकता दिन नेपाल राजपत्रमा सूचना प्रकाशन गरिनेछ। उनले स्पष्ट पारिन्—सरकारले मूल्य समायोजनको वास्तविकता लुकाउने छैन र वर्तमान अवस्थामा यो निर्णय व्यवहारिक रहेको ठहर गरिएको हो।
तर, प्रश्न भने उस्तै छ—
के अब पेट्रोल–डिजेलको मूल्य साँच्चै घट्छरु
वा यो केवल आगामी मूल्य वृद्धि रोक्न गरिएको रणनीति होरु
विश्लेषकहरू भन्छन्, कर घटाए पनि बजारमा मूल्य घट्ने कि नघट्ने भन्ने कुरा अन्तर्राष्ट्रिय मूल्य र आपूर्ति व्यवस्थामा निर्भर हुनेछ। त्यसैले, यो निर्णयले तत्काल राहत दिनेभन्दा पनि दीर्घकालीन सन्तुलन खोज्ने प्रयास भएको बुझिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com