बिरगञ्जको मुख्य सडक विस्तार अभियानअन्तर्गत आज बिहानैदेखि डोजर सञ्चालन भएपछि बजार क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। सडक विस्तारको कामलाई तीव्रता दिँदै प्रशासनले अवरोध मानिएका संरचना हटाउन सुरु गरेपछि व्यापारीहरूमा त्रास फैलिएको देखिन्छ।

विशेषगरी मुख्य बजार क्षेत्रका साना तथा ठूला पसलहरूमा हतार(हतार सामान सार्ने र संरचना खाली गर्ने दृश्य देखिएको छ। कतिपय व्यापारीहरूले पर्याप्त समय नदिएको गुनासो गरेका छन् भने केहीले भने शहरको विकासका लागि यस्तो कदम आवश्यक रहेको बताएका छन्।

प्रशासनले यसअघि नै सूचना जारी गर्दै अटेरी गरे डोजर चलाउने चेतावनी दिएको थियो। सोही निर्देशनअनुसार आजबाट कार्यान्वयनमा ल्याइएको बताइएको छ।
सडक विस्तारपछि ट्राफिक व्यवस्थापन सहज हुने, जामको समस्या घट्ने र बिरगञ्जको शहरी स्वरूप सुधार हुने अपेक्षा गरिएको छ। तर, तत्कालका लागि भने बजार क्षेत्र अस्तव्यस्त बनेको छ र स्थानीयवासीहरूमा अन्योलको अवस्था सिर्जना भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com