info@elocalnepalkhabar.com

“अब आमाकै नामबाट नागरिकता! पर्सामा एक महिनामै ३३ जनाले पाए अधिकार”

पर्सामा नागरिकताविहीन नागरिकका लागि ठूलो राहत आएको छ। वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयले नयाँ नियम लागू भएसँगै एक महिनाभित्रै आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको छ।


नयाँ व्यवस्था अनुसार बुबाको पहिचान नखुलेका नागरिकले अब आमाकै नामबाट नागरिकता पाउने बाटो खुलेको हो। लामो समयदेखि नागरिकता नपाएर हैरानी खेप्दै आएका नागरिकले अब राहत महसुस गर्न थालेका छन्।

स्थानीयहरूका अनुसार यो निर्णयले हजारौँ नागरिकको जीवन सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया