इरान र इजरायलबीचको बढ्दो तनावले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको छ। तर आश्चर्यजनक रूपमा, सुरक्षित लगानी मानिने सुन भने अपेक्षाकृत ‘शान्त’ देखिएको छ।
युद्धको प्रभावले विश्व बजारमा उतारचढाव देखिए पनि नेपाली बजारमा भने सुनको मूल्य घटेको छ। आज मात्रै प्रति तोला रु. २,२०० ले गिरावट आएको छ। चाँदीको मूल्यमा पनि कमी देखिएको छ।
विज्ञहरूका अनुसार, अहिलेको अवस्थामा सुन नबढ्नुको मुख्य कारण भनेको उच्च ब्याजदर र डलरको बलियो अवस्था हो। जब ब्याजदर उच्च हुन्छ, लगानीकर्ताहरू सुनभन्दा बैंक तथा अन्य क्षेत्रमा आकर्षित हुन्छन्।
४ चैत २०८२, बुधबार १२:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com