info@elocalnepalkhabar.com

“एसईई २०८२ मा नयाँ प्रयोग: परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, ५ लाख बढी विद्यार्थी सहभागी!”

एसईई २०८२ लाई थप व्यवस्थित र छिटो नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित राष्ट्रिय परीक्षा बोर्डले महत्वपूर्ण निर्णय गरेको छ। अब अधिकांश स्थानमा परीक्षा भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिनेछ।

यदि कुनै केन्द्रमा शिक्षक अभाव भएमा वा परीक्षकहरूले असुरक्षित महसुस गरेमा, शिक्षा विकास तथा समन्वय एकाइको सहजीकरणमा अन्य सुरक्षित स्थानबाट पनि जाँच गर्ने व्यवस्था मिलाइनेछ।

यस वर्ष देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्। नयाँ प्रणालीले नतिजा छिटो आउने र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया