info@elocalnepalkhabar.com

रास्वपाको स्पष्टिकरण : दिवस सरार्फ कुनै पदमा नियुक्त छैनन्

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी को मधेश प्रदेश युवा तथा खेलकुद विभागले दिवस सरार्फलाई सह–संयोजक नियुक्त गरिएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारेको छ।

शुक्रबार जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमार्फत विभागले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विभागका अनुसार वीरगञ्ज–१५ निवासी दिवस सरार्फलाई सह–संयोजक पदमा नियुक्त गरिएको भन्ने विषय पार्टीको कुनै पनि आधिकारिक समिति वा विभागीय संरचनामा निर्णय नभएको र त्यससम्बन्धी प्रचार पूर्ण रूपमा गलत रहेको उल्लेख गरिएको छ।

रास्वपाले यस्ता भ्रमपूर्ण र आधारहीन समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गर्दै पार्टीको छवि धुमिल पार्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। विज्ञप्तिमा सम्बन्धित व्यक्तिको साधारण सदस्यता समेत खारेज गरी पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

उक्त विज्ञप्तिमा युवा तथा खेलकुद विभाग मधेश प्रदेशका विभाग प्रमुख आनन्द प्रसाद कानु को हस्ताक्षर रहेको छ।

प्रतिक्रिया