वीरगञ्ज – चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
संघका अध्यक्ष **सूर्यनारायण वि.क.**ले पन्तसँग चलचित्रमार्फत पर्सा र मधेश प्रदेशको पर्यटन प्रवर्द्धनमा विशेष पहल गर्न आग्रह गरे। कार्यक्रममा सहभागीहरूले धार्मिक स्थलहरू जस्तै बिन्दबासिनी, भाठाधाम, पारसनाथ मन्दिर र पर्सा राष्ट्रिय निकुञ्जलाई चलचित्र छायांकनको लागि आकर्षक गन्तव्य बनाउन जोड दिएका थिए।
सांसद पन्तले आफू चलचित्र निर्माता तथा पर्यटन व्यवसायीसँग सम्बन्धित भएको उल्लेख गर्दै, क्षेत्रीय विकासका लागि नीतिगत र संरचनागत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
६ चैत २०८२, शुक्रबार ०५:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com