काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेको छ। प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ।
यसअघि अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। लगातारको मूल्यवृद्धिसँगै नेपाली बजारमा सुनको भाउले नयाँ उचाइतर्फ गति लिएको देखिएको छ।
आजको मूल्य:
🟡 सुन: रु. ३,०६,८०० प्रति तोला
⚪ चाँदी: रु. ४,७७० प्रति तोला
३२ साउन २०८३, सोमबार ०१:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com