info@elocalnepalkhabar.com

"नेत्रदान, एक वरदान" जागरूकता एवं सम्मान समारोहको आयोजना, तेरापंथ युवक परिषद् बीरगंजद्वारा "vision for Visionless 2.0" कार्यक्रम सम्पन्न ।

लालबाबु सिंह ९ भदौ, बीरगंज । 

नेत्रहीनहरूको जीवनमा उज्यालो भर्ने उद्देश्यले तेरापंथ युवक परिषद्, बीरगंजद्वारा नेत्रदान जागरूकता एवं सम्मान समारोह जैन धर्मशाला बिरगंजको सभाहलमा सभ्य एवं भव्य रुपले सम्पन्न गरिएको छ। "युवा शक्ति - राष्ट्र शक्ति" को नारासहित आयोजना गरिएको सो कार्यक्रम "vision for Visionless 2.0" अभियानको एक हिस्सा रहेको जसको मुख्य सन्देश "नेत्रदान,,, एक वरदान" राखिएको हो ।  

यस अवसरमा नेत्रदान गर्ने स्व. उषादेवी दारुका,स्व. लक्ष्मण बहादुर श्रेष्ठ लगायत १५ जना नेत्रदाताका परिवारजनलाई खादा एवं सम्मानपत्र दिएर सम्मानित गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष ABTVP का उपाध्यक्ष अभिनन्दन नाहटा को अध्यक्षता एवं नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष एवं श्याम पोखरेलको प्रमुख आतिथ्य र IPAB दक्षिण-पूर्वी एसिया क्षेत्रका प्रमुख वाई. डी. सापकोटा को बिशिस्ट आतिथ्यमा सम्पन्न सो समारोहमा अतिथीहरु राजेश केडिया, प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह ,तेरापंथ युवक परिषद् वीरगंजका नवमनोनित अध्यक्ष सुनील डुगड ,जैन श्वेताम्बर तेरापंथी सभा वीरगंजका मार्गदर्शक अशोककुमार बैद, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,युवा अभियन्ता अभिनाश झा लगायत चिकित्सक ,समाजसेवी , अग्रज,महिला युवा,विद्यार्थी , सन्चारकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो।  


अतिथी मन्तव्यमा वक्ताहरूले "म मरेर गए पनि यो संसार हेरिरहु , कसैको अन्धकार जीवनमा उज्यालो छरिदिउ । माटोमा मिलेर जाने यो शरीरको म है, कसैको आँखा बनेर बाँचनु नै हो अमर !" भन्ने सन्देशसहित नेत्रदानको महत्व र समाजमा यसको आवश्यकता बारे प्रकाश पारेका थिए।

अतिथि वक्ताहरूका अनुसार समाजमा नेत्रदानप्रति जागरूकता ल्याउनु र नेत्रदान गर्ने दाताहरू तथा उनीहरूका परिवारलाई सम्मान गर्नु नै यो समारोहको मुख्य उद्देश्य हो। "अन्तःचक्षु प्रदाता प्रभुलाई नमस्कार" भन्ने भावनासहित परिषद्ले नेत्रदानलाई महादान बताउँदै अझ धेरै मानिसहरु खास गरि युवाहरु लाई यसमा जोडिन आग्रहसमेत गरेको छ।

अतिथि वक्ताहरूका अनुसार समाजमा नेत्रदानप्रति जागरूकता ल्याउनु र नेत्रदान गर्ने दाताहरू तथा उनीहरूका परिवारलाई सम्मान गर्नु नै यो समारोहको मुख्य उद्देश्य रहेको हो। "अन्तःचक्षु प्रदाता प्रभुलाई नमस्कार" भन्ने भावनासहित परिषद्ले नेत्रदानलाई महादान बताउँदै अझ धेरै मानिसलाई यसमा जोडिन आग्रहसमेत गरेको छ।

आयोजक परिषद्को विश्वास छ कि सबैको गरिमामय उपस्थितिले नेत्रदान गर्ने यो प्रेरणादायी कार्यक्रमलाई थप उत्प्रेरित गर्दै जागरूकता फैलाउनेछ।

प्रतिक्रिया