काठमाडौंमा पहिलोपटक आयोजना गरिएको विशेष सामूहिक ब्रिफिङमा प्रधानमन्त्री बालेन शाहले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूलाई सरकारको स्पष्ट रोडम्याप प्रस्तुत गरेका छन्।
यो भेट केवल औपचारिक कार्यक्रम मात्र नभई नेपालको परराष्ट्र नीतिमा देखिएको नयाँ सोच र रणनीतिक स्पष्टताको संकेतका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहले १२ मुख्य सन्देशमार्फत नेपालले अब सन्तुलित, व्यावहारिक र परिणाममुखी कूटनीति अपनाउने स्पष्ट पारे।
उनले छिमेकी राष्ट्रहरूसँग विश्वासको सम्बन्ध बलियो बनाउने, मित्र राष्ट्रहरूसँग सहकार्य बढाउने र विकास साझेदारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता दोहोर्याए।
मुख्य फोकसहरूस्
- नेपाली नागरिकको सुरक्षा पहिलो प्राथमिकता
- शान्ति र स्थायित्वलाई साझा एजेन्डा
- आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य
- पारदर्शी र जिम्मेवार सरकारको प्रतिबद्धता
तस्वीरहरू- प्रधानमन्त्रीको सचिवालय
२५ चैत २०८२, बुधबार ०७:५१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com