काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म KUMBH को अफिसियल टिजर सार्वजनिक भएसँगै यसको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माण टिमका अनुसार फिल्म जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
टिजर रिलिजसँगै दर्शकमाझ उच्च उत्साह देखिएको छ। फिल्ममा Ashok Aryan, Sunil Thapa, Rohit Rumba, Shristi, Sushil र Robert लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।
टिजरमा उच्चस्तरीय एक्सन, पावरफुल संवाद र रहस्यमय कथावस्तुले दर्शकको ध्यान खिचेको छ। विशेषगरी Sunil Thapa को भूमिका निकै प्रभावशाली देखिएको प्रतिक्रिया आएको छ।
निर्माण टिमले “KUMBH” लाई नयाँ शैली र स्तरमा प्रस्तुत गर्ने लक्ष्य राखेको बताएको छ। अब फिल्मप्रेमीहरू जेठ १५ को पर्खाइमा रहेका छन्, जहाँ यो बहुप्रतिक्षित फिल्म ठूला पर्दामा रिलिज हुनेछ।
१८ बैशाख २०८३, शुक्रबार ०१:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com