info@elocalnepalkhabar.com

भन्सारमै MRP कडाइ: नाकामा माल अड्कियो, बजारमा अभाव र महँगीको खतरा!

काठमाडौं । सरकारले आयातित वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने निर्णय कडाइका साथ लागू गर्न थालेपछि देशका प्रमुख व्यापारिक नाकामा मालवाहक सवारीसाधन रोकिएका छन्।

नयाँ व्यवस्थाअनुसार MRP उल्लेख नगरी सामान भित्र्याउन नपाइने भएपछि व्यवसायीहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले विरोधस्वरूप सामान आयात नगरेपछि बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने र मूल्यवृद्धि (महँगी) झन् बढ्ने जोखिम बढेको छ।

यता उपभोक्ता अधिकारकर्मीहरूले भने व्यवसायीको विरोधलाई “बदमासी” को संज्ञा दिएका छन्। उनीहरूको भनाइमा उपभोक्तालाई ठगिनबाट जोगाउन MRP अनिवार्य गर्नु आवश्यक रहेको र सरकारले यो नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

सरकार र व्यवसायीबीचको यो टकरावले बजारमा आपूर्ति प्रणाली प्रभावित हुने संकेत देखिएको छ। यदि समस्या चाँडै समाधान नभए, सर्वसाधारण उपभोक्ताले प्रत्यक्ष रूपमा महँगी र अभावको मार खेप्नुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया