काठमाडौँ — SEE परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री Sasmit Pokharel ले प्रेरणादायी सन्देश सार्वजनिक गर्नुभएको छ।
उनले आफ्नो सामाजिक सञ्जाल (Facebook) मार्फत विद्यार्थीहरूलाई परीक्षा पछिको समयलाई केवल प्रतीक्षामा सीमित नराखी आफ्नो रुचि पहिचान गर्ने र नयाँ सीप सिक्ने अवसरका रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको हो।
यसै सन्दर्भमा मन्त्रालयले “Inspire Series” नामक विशेष कार्यक्रम सुरु गरेको जानकारी दिँदै मन्त्री पोखरेलले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले आफ्ना संघर्ष र अनुभव साझा गर्ने बताएका छन्।

मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण हुने उक्त कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको मार्गचित्र बनाउन तथा नयाँ सम्भावनाहरू खोज्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
उहाँले विद्यार्थीहरूलाई यो समयलाई रचनात्मक बनाउँदै आफ्नो क्षमता विकासतर्फ लाग्न समेत आग्रह गर्नुभएको छ।
https://www.facebook.com/share/v/18UForfTgy/
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com