info@elocalnepalkhabar.com

२५ सपनाहरूको उडान: एसआर ग्यालेक्सीमा भव्य फेयरवेल कार्यक्रम

वीरगञ्ज । एसआर ग्यालेक्सी एकेडेमीले एसइई दिएका २५ जना विद्यार्थीलाई एक विशेष कार्यक्रममार्फत विदाई गरेको छ। विद्यालयको अडिटोरियममा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नृत्य र अनुभव साटासाट गर्दै भावनात्मक वातावरण सिर्जना गरेका थिए।

विद्यालय प्रमुख शर्मानन्द कुशवाहाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै शुभेच्छा दिएका थिए भने प्रमुख अतिथि देवेश गुप्ताको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा +२ संयोजक राम विनय कुशवाहा, चेयरपर्सन गीता कुशवाहा तथा शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया