info@elocalnepalkhabar.com

“बाँदर आतंकबारे सांसदको गुनासो सुनेपछि प्रधानमन्त्री बालेन शाह ले दिए कडा संकेत – ‘पहिले नीति, त्यसपछि तुरुन्त एक्सन!’”

गण्डकी प्रदेशका सांसदहरूले उठाएको बाँदर आतंकको मुद्दाले अब राष्ट्रिय प्राथमिकता पाउने संकेत देखिएको छ। शुक्रबार प्रधानमन्त्री बालेन शाह सँगको भेटमा सांसदहरूले खेतीपातीदेखि मानवीय सुरक्षासम्म असर पारिरहेको बाँदर समस्या तुरुन्त नियन्त्रण गर्न जोडदार माग राखे।

गोरखामा किसानमाथि बाँदरको आक्रमण भएको ताजा घटनाले समस्या कति गम्भीर छ भन्ने देखाएको भन्दै सांसदहरूले यसलाई “साझा संकट” को रूपमा प्रस्तुत गरेका थिए।

छलफलमा प्रधानमन्त्री बालेनले लामो भाषण नगरी सीधा सन्देश दिए—
पहिले नीतिगत सुधार
त्यसपछि तत्काल कार्यान्वयन

उनले सांसदहरूले बुझाएका मागहरू अध्ययन गरेर छिट्टै एक्सन लिने प्रतिबद्धता जनाएका छन्।

बैठकका मुख्य मागहरू:

  •  बाँदर नियन्त्रणका लागि विशेष योजना
  •  पूर्वाधार निर्माणको ढिलासुस्ती अन्त्य
  •  पोखरामा पर्यटक बसाइ लम्ब्याउने कार्यक्रम
  •  प्राविधिक शिक्षामा प्राथमिकता
  •  गण्डकीमा विशिष्ट मुटु रोग अस्पताल स्थापना
  •  कृषि प्रवर्द्धन र एग्रो-टुरिजम अभियान
  •  मल, बीउ र सिँचाइको सुनिश्चितता
  •  जलविद्युतबाट स्थानीयलाई प्रत्यक्ष लाभ

प्रतिक्रिया