चैत्र २६ बिहीवार मुकेश सिंह
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर एकका निर्वाचित सांसद हरि पन्तले आज आफ्नो निर्वाचन क्षेत्रको समस्याबारे जानकारी लिन सक्रियता देखाएका छन्। निजि सचिवालय उदघाटन को अवसर पारेर
सांसद पन्तले क्षेत्रका विभिन्न वडाबाट आएका कार्यकर्ता, बुद्धिजीवी, प्राध्यापक तथा सञ्चारकर्मीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास र बढ्दो आपराधिक गतिविधिबारे गम्भीर जिज्ञासा राखेका थिए। सहभागीहरूले विशेष गरी बेरोजगारी न्यूनीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा सुधार र कृषिमा आधुनिकीकरण आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै सांसद पन्तले जनताबाट उठेका सबै जिज्ञासा र समस्याहरूलाई आगामी संघीय संसदमा प्राथमिकताका साथ प्रस्तुत गर्ने प्रतिबद्धता जनाए। उनले जनप्रतिनिधिको मुख्य कर्तव्य जनताको आवाजलाई राज्यको उच्च निकायसम्म पुर्याउनु भएको उल्लेख गर्दै समस्याहरू क्रमशः समाधानतर्फ लैजाने आश्वासन दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com